तरुण अध्यक्ष गुरुङलाई संशोधित विधान हस्तान्तरण, अधिवेशन गराउन संयोजकको जिम्मेवारी

काठमाडौं । नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिले नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई संशोधित विधान हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसकी सह–महामन्त्री समेत रहेकी समितिकी संयोजक महालक्ष्मी उपाध्याय ‘डिना’ र समितिका सदस्य एव् कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले अध्यक्ष गुरुङलाई संशोधित विधान हस्तान्तरण गरेका हुन् ।

अधिवशेनका लागि २०८१ संशोधित विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरी सहमहामन्त्री उपाध्याय र केन्द्रीय सदस्य बस्नेतले अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

समितिले तरुण दलको जिल्ला कार्यसमितिका अध्यक्षको समेत जिम्मेवारीमा रहेका विभिन्न जिल्लाका व्यक्तिहरूलाई पार्टी र जिल्लाका केन्द्रीय सदस्यहरूसँग समन्वय गरी जिल्ला अधिवेशन गराउन संयोजक तोकिएको छ ।

समितिले तरुण दलको अधिवेशन समयमा गराउन आफ्नो गृहकार्यलाई अगाडि बढाएको छ । तरुण दलका अध्यक्ष गुरुङले पनि आफूलाई अधिवेशनमा केन्द्रित गराएका छन् ।

Published : Saturday, 2024 December 28, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया