फेरि पनि कैलालीबाट चुनाव लड्ने मेरो विचार छ : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कैलालीबाट नै चुनाव लड्ने बताएकी छिन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा डा.राणाले कैलालीबाटै चुनाव लड्ने बताएकी हुन् ।

उनले भनिन्, ‘पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ । केही कारणले हारियो होला । फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ ।’

परराष्ट्रमन्त्री डा.राणाले पार्टी पंक्ति एकढिक्का हुनुपर्ने बताएकी छिन् । राजनीति व्यक्तिगत लाभका लागि गर्न नहुने डा.राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणा विभिन्न कार्यक्रमहरूमा सहभागी हुन कैलाली जिल्ला आएकी छिन् । उनले कांग्रेसको स्थानीय नेता कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटवार्ता गरेकी छिन् ।

Published : Saturday, 2024 December 28, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया