पाेखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हाेइन : एमाले सचिव भट्टराई

काठमाडौं । चीनले पाृखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई भनेर दाबी गरिरहेका बेला एमालेका नेता समेत रहेका पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ : नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए । उनले पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाकाे हिस्सा भन्ने चीनकाे अभिव्यक्तिकाे विराेध गरेका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई परियोजना सम्बन्धी भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए । उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्वे, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायतका परियोजनाहरू रहेको भन्दै पोखरा विमानस्थल नभएको बताए ।

Published : Friday, 2024 December 27, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया