सहकारीको करोडौं रकम ठगका अभियुक्त रविकाे बयान सकियो, थाहा छैन भन्ने जवाफ

पोखरा । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सकिएको छ ।
न्यायाधीश नीतिज राईको इजलाशमा बिहीबार र शुक्रबार उनको बयान भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि अदालतमा बयान भएको थियाे । बयानका क्रममा उनले सहकारीको रकम उनी पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा गएकोबारे आफूलाई थाहा नभएको बताएका छन् ।
आइतबार उनीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा सोमबारदेखि बयान चलिरहेको छ । यसअघि पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ ।
सूर्यदर्शन ठगी प्रकरणमा जीबी राई, छविलाल जोशी । रवि लामिछानेसहित ६३ जना विरूद्ध १ अर्ब ५१ करोड रूपियाँ बिगो माग गर्दै कास्की अदालतमा मुद्दा चलिरहेको छ । आइतबार रामबहादुर खनाललगायतको बयान सुरु हुनेछ ।
बिचार/ब्लग

विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया