खेलकुद परिषदमा आठ सदस्य नियुक्ति, मन्त्रीकाे असक्षमताले उपाध्यक्ष ५ महिनादेखि रिक्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषदमा आठ जना सदस्यहरू नियुक्ति गरेकाे छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रपरिषद बैठकबाट खेलकुद परिषदकाे सदस्यहरूमा नियुक्ति गरिएको बताए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रस्तावमा नियुक्ति गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्ति हुनेहरूमा शान्तिकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) रहेका छन् ।

परिषद्को उपाध्यक्ष केही दिनपछि नियुक्ति गरिने तयारी छ । बिगत ५ महिनादेखि उपाध्यक्ष पद रिक्त छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको असक्षमताले परिषद्को उपाध्यक्ष पद लामाे समयदेखि रिक्त भएको छ ।

Published : Thursday, 2024 December 26, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया