सहकारी ठगका अभियुक्त रविकाे सांसद पद निलम्बन, घण्टीकाे अहँकार चक्नाचुर
काठमाडौं । संसद सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका सांसद रवि लामिछानेलाई सांसद पदबाट निलम्बित गरेकाे सूचना जारी गरेकाे छ ।
साेमबार संघीय संसद् सचिवालयले सूचना जारी गरेर लामिछाने सांसद पदबाट निलम्बित भएको जानकारी गराएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि संसद सचिवालयले निलम्बन गरेकाे छ ।
`सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । काण्डै काण्डमा परेका लामिछानेको विगत गतिलाे छैन । विवादास्पद लामिछानेकाे अराजकताले सहकारीका हजारौं मानिस तनावमा छन् ।
संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो । लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया