परराष्ट्रमन्त्री डा.राणा र चीनका विदेश मामिलामन्त्री वाङबीच भेटवार्ता

छेङ्दु । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य, विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहेका चीनको विदेश मामिलामन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
शुक्रबार साँझ चीनको छेङ्दुमा परराष्ट्रमन्त्री डा.राणा र चीनका विदेश मामिलामन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ
।
भेटपछि परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘हामीले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गर्यौं र आरटीको आगामी औपचारिक भ्रमणको तयारीका विषयमा छलफल गर्यौं ।’

‘प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका विषयमा कुराकानी भयो’, डा.राणाले भनेकी छिन्, ‘बैठक निकै न्यानो र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।’
परराष्ट्रमन्त्री डा.राणा बिहीबार छेङ्दु प्रस्थान गरेकी हुन् । प्रधानमन्त्री ओलीको चीनको औपचारिक भ्रमणका लागि तयारी स्वरुप उनी छेङ्दु गएकी हुन् । मन्त्री डा.राणा शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया