विद्यालयको शैक्षिक उन्नतिका लागि चन्दा दान गर्नेहरूलाई कांग्रेस नेता बस्नेतद्वारा सम्मान
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ सानोपलातीस्थित श्री नमूना सुनखानी आधारभूत विद्यालयको कार्यक्रममा सहभागी भएका छन् ।
बिहीबार आयोजित कार्यक्रममा नेता बस्नेतले विद्यालयको शैक्षिक उन्नतिका लागि चन्दा दान गर्नेहरूलाई सम्मान गरेका छन् । बस्नेतले चन्दाताहरूलाई प्रमाणपत्र प्रदान पनि गरेका छन् । बस्नेतले सिन्धुपाल्चोकको शिक्षाका लागि आफूले विगत लामो समयदेखि सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सहयोग जारी रहने बताएका छन् ।
चन्दादाताहरूको शिलालेख अनावरण समारोहमा कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेतका साथै बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, वडाध्यक्ष, अभिभावक लगायतका स्थानीयको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया