परराष्ट्रमन्त्री डा.राणाद्वारा छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासको भ्रमण
छेन्दु । परराष्ट्रमन्त्री डा.आरजु राणासँग चीनको छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासको भ्रमण गरेकी छिन् ।
शुक्रबार बिहान परराष्ट्रमन्त्री डा.राणाले नेपाली महावाणिज्य दूतावासको भ्रमण गरेको निजी सचिवालयले जनाएको छ । उनले नेपाली उपत्पादनलाई छेन्दुमा प्रचार प्रसार र व्यापारका लागि आग्रह गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासको भ्रमण गर्न पाउँदा खुसी लागेको छ । सीजीको ब्रिफिङ सुन्नुका साथै कन्सुलेटका कर्मचारीसँग अन्तरक्रिया पनि भयो ।’
‘औपचारिक द्विपक्षीय सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा दुवै सरकारले संयुक्त रुपमा घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२५’ को पृष्ठभूमिमा नेपाली पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यताको खोजी गर्न महावाणिज्यदूतावासलाई निर्देशन दिइएको छ ।’
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘चिया, कफी, जडीबुटी, सुगन्धित जडीबुटीजस्ता नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उपायको पहिचान गर्न र छेन्दुमा सम्भावित नेपाली भोजनालयको पहिचान गर्न पनि निर्देशन दिइएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया