सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिए छलफल गरेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ढकालले वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानून संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको बताए ।

उनले हाल निजी क्षेत्रका अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्याहरू रहेकाले यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकार र निजी क्षेत्रको सक्रियतामा लागनी सम्मेलन सम्पन्न भयो । कानूनहरू संशोधन भए । तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ ।’

वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै ढकालले निजी क्षेत्रले यसलाई स्वागतका रुपमा लिएको बताए ।

महासंघको सुझावअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ भन्ने प्रस्ताव गरेकोमा आयोग गठन गरेर निजी क्षेत्रलाई पनि सहभागी गराएर निजी क्षेत्रलाई समेट्न खोजिएको ढकालले बताए ।

Published : Thursday, 2024 November 28, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया