मकवानपुरमा मोबिल बोकेको लोड लहरी दुर्घटना, पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

हेटौँडा । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको कन्टेर लोड लहरी अनियन्त्रित भइ मकवानपुरमा दुर्घटना भएको छ ।

बिहीबार बिहान हेटौँडाको चुरियामाईस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा प्र.२–०३–००१ ख ६७३८ नम्बरको मोबिल भएको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

लहरी चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३० को महेश मोक्तान दाहिने हातमा चोट लागेर घाइते भएका छन् । मोक्तानलाई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ । उनको अवस्था मध्यम रहेको छ ।

सडक दुबैतर्फी अबरोध भएको छ । सडक खुलाउन प्रहरी परिचालन भएको एसपी खड्काले बताए । क्रेनको सहयताले कन्टेनर लोड लहरीलाई हटाएर सडक खुलाउने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 November 28, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया