विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार, अब चिसो खोरभित्रै बस्ने

काठमाडौं । सर्वोच्च अदालतले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्रसाईंको रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।

प्रसाईं विद्युतीय कसूरको आरोपमा पक्राउ परेका छन् । प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

प्रसाईंले प्रधानमन्त्री केपी ओलीले कम्बोडियामा लगानी गरेको भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रसाईंको भिडियो सार्वजनिक भएपछि प्रहरीले मंसिर ४ गते पक्राउ गरिकएको थियो ।

प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात कीर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

प्रसाईं बिरामी भएको भन्दै अस्पतालमा बस्दै आएका छन् । प्रसाईंले आपत्तिजनक अभिव्यक्ति दिनुका साथै जथाभावी बोल्ने गरेका कारण आलोचना भइरहेको छ ।

Published : Wednesday, 2024 November 27, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया