भैंसे चेकपोइन्टमा ठूलो परिमाणमा गाँजा बरामद, गोरखाका मिया पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान चार बजेतिर मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. २ भैंसे चेकपोइन्टमा बोलेरो गाडीमा चेकजाँच गर्दा १६० किलो गाँजा बरामद भएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

त्रिभुवन राजपथ सडकखण्डमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको प्र.नं.३–०१–०२३च.८०४७ नम्बरको बोलेरो गाडीमा चेकजाँच गर्दा ३० पोका गाँजा बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।

सवारी साधन र आफै चालक रहेका गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ६ असराङ बस्ने वर्ष २८ का अमिर मियालाई नियन्त्रणमा लिई थप अनसन्धान भइरहेको एसपी खड्काले बताए ।

Published : Wednesday, 2024 November 27, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया