अध्यक्ष र महासचिवको मानमर्दन गरेपछि सांसदलाई कारबाही
नेपालगञ्ज । पार्टी अनुशासनहीन कार्य गरेको भन्दै एमालेले लुम्बिनी प्रदेशसभाका सदस्य दुर्गा चौधरीलाई कारबाही गरेको छ ।
अराजक शैलीमा पार्टी नेतृत्वको आलोचना गरेपछि चौधरी कारबाहीमा परेका छन् । एमालेले चौधरीको संगठित सदस्यता खोसिदिएको छ । चौधरी संगठित सदस्यताबाट निलम्बन भएका छन् ।
प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको मानहानी हुनेगरी कार्य गरेको भन्दै एमालेले चौधरीलाई अनुशासनको कारबाही गरेको जनाएको छ ।
पार्टी पद्धतिको मूल्य मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने जस्ता गतिविधि निरन्तर गरेपछि चौधरी कारबाहीमा परेका हुन् ।
पार्टी विधानको धारा ८ (९३०) र (९४०) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (९७०) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको एमालेको बाँकेका अध्यक्ष निरक गुरूङले बताए ।
चौधरी लुम्बिनी प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट एमालेको तर्फबाट निर्वाचित भएका थिए । चौधरी छोटो समयका लागि लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री समेत बनेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया