लामिछाने खोरभित्र रहेका बेला पोखराको प्राईम सहकारीका श्रेष्ठ कारागार चलान

पोखरा । सहकारी ठगी काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने हिसातमा रहेका बेला कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा शंकरनारायण श्रेष्ठलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्राईम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना र अपचलन गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको छ ।

श्रेष्ठलाई कास्की जिल्ला अदालतले ५० लाख रुपियाँमा धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाउन नसकेपछि श्रेष्ठ कारागार चलान भएका छन् ।

पोखराको ग्रह्रापाटनमा रहेको प्राईम बहुदेउश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना,अपचलन र ठगीको कसूर श्रेष्ठलाई लागेको छ ।

तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १० स्थायी घर भएका ५६ वर्षीय श्रेष्ठले सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेविरुद्ध कास्की प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2024 November 26, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया