सभापति खतिवडासमक्ष क्रसर तथा खानी व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिको शपथ

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिले शपथसहित पदभार ग्रहण गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शपथ गराएका हुन् । सीताराम न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छ ।

सभापति खतिवडाले क्रसर उद्योगीहरुको समस्यामा समितिको ध्यान गएको बताएका छन् । उनले क्रसर उद्योगको क्षेत्रमा कानून निमार्ण गर्ने पक्षमा समिति रहेको बताए ।

महासंघका अध्यक्ष न्यौपानेले कानूनअनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन माग गरिएको बताए ।

न्यौपानेले प्रशोधित निर्माणजन्य सामग्री विदेश निर्यात गर्ने व्यवस्था गरी देशलाई आर्थिक लाभ हुने मार्ग प्रशस्त गर्न सरकारसँग आग्रह गरेका छन् ।

महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत भएकोमा सभापति खतिवडाले बधाइ दिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट रामनारायणप्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लीलाधर बराल र लुम्बिनी प्रदेशबाट मीनबहादुर शाही चयन भएका छन् ।

Published : Tuesday, 2024 November 26, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया