मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा अवैध विदेशी मुद्रासहित ३ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आइतबार राति विशेष सूचनाको आधारमा प्रहरीले बा.प्र.०३–००१ ज ०७६५ नम्बरको यात्राहक ईभी माईक्रो बसमा खानतलासी गर्दा भारतीय नागरिकको साथमा रहेको विदेशी मुद्रा बरामद गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
बरामद भएको विदेशी मुद्राको सोमबारको बजार भाउ ६२ लाख ९० हजार ३५ रुपियाँ हुने मकवानपुर प्रहरीका एसपी खड्काले बताएका छन् ।
सूचना पाएपछि मकवानपुर प्रहरीका प्रमुख (एसपी) खड्का आफैले प्रहरी टोलीको कमाण्ड गरेर हेटौँडा उपमहानगरपालिका वडा नं. १ प्रहरी चौकी चौकीटोलस्थित चेकपोईन्ट अगाडि हेटौँडा–भैँसे सडकखण्डमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको माईक्रो बसमा सवार भई आएका भारतीय नगरिकहरूलाई खानतलासी गरेका थिए ।

तीनजना भारतीय नागरिकको शरीर तथा झोला समेतको खानतलासी भएको थियो । उनीहरूको साथमा रहेको स्रोत नखुलेको विदेशी मुद्रा फेला परेको भन्दै एसपी खड्काले थप अनुसन्धान भइरहेको बताए । आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पुल्चोक, ललितपुर पठाउने तयारी भइरहेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला जालौन बस्ने वर्ष ४० का विजयसिंङ कुशवाहबाट अमेरिकी डलर १२ हजार बरामद भएको एसपी खड्काले बताए ।
भारतको उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने वर्ष २६ को प्रशान्त पाठकको साथबाट युरो १४ हजार र भारतकै राजस्थान चितोरगढ बस्ने वर्ष ३२ को राहुलकुमार माण्डावतको साथबाट अमेरिकी डलर २० हजार बरामद भएको छ ।

यसैबीच, मकवानपुर प्रहरीले १० किलो २ सय ५० ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका वडा नं.९ भलाद्मीचोकस्थित पूर्वपश्चिम सडक खण्डमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ह ५०३३ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको विज्ञप्तिमा उल्लेख छ ।
अटो चालक मनहरी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष २८ को रामकुमार परियार र सोही अटोमा सवार मनहरी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष अं.३६ को रामकुमार स्याङबोलाई गाँजासहित पक्राउ गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया