दाङले पायो डीआईजीपी
काठमाडौं । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डम्बरबहादुर बि.क. प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पदमा बढुवा सिफारिस भएका छन् ।
आइतबार राति गृह मन्त्रालयबाट जारी भएको सूचनामा बि.क. बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयले आठ जना एसएसपीलाई डीआईजीपी पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
दाङको घोराही स्थायी घर भएका बि.क. प्रहरीभित्र निकै मिलनसार र ईमान्दार प्रहरीमा पर्छन् । बि.क. विवादमा नपर्ने प्रहरी अधिकृतमा पर्छन् । बि.क. डीआईजी पदमा बढुवा भएपछि दाङले पुनः प्रहरीभित्र न्याय पाएको छ ।
Published : Monday, 2024 November 25, 11:51 am
फेसबुकबाट तपाईको प्रतिक्रिया