डीआईजीपी बढुवामा आठ जना सिफारिस, आईजीपी कुँवरको भूमिका सह्रानीय

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पदमा बुवा सिफारिस गरेको छ ।

आइतबार राति गृह मन्त्रालयबाट जारी भएको बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा ध्रुबराज राउत रहेका छन् । दोस्रो नम्बरमा भोलाबहादुर रावल र तेस्रो नम्बरमा गणेश चन्द रहेका छन् ।

त्यसपछि क्रमशः सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क. एसएसपीबाट डीआईजीपीमा बढुवा सिफारिस भएका छन् ।

बढुवा भएका केही डीआईजीपीहरू हालका आईजीपी बसन्तबहादुर कुँवरका व्याजी पनि हुन् । उनीहरूले न्याय पाएका छन् ।

आईजीपी कुँवरले एसएसपीबाट डीआईजीपी बढुवा निष्पक्ष गरेको भन्दै प्रशंसा भएको छ । बढुवा भएकाहरू मेरिटको आधारमा गरिएको र हस्तक्षेप नभएको चर्चा छ । आईजीपी कुँवरले आफ्नो लयमा प्रहरीभित्र थिति बसाल्न खोजेका छन् । यो प्रयासमा उनी सफल पनि हुन थालेका छन् ।

Published : Monday, 2024 November 25, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया