प्रधानमन्त्रीसँग मैले गरेको कार्यसम्पादन सम्झौता पूरा गर्नुछ, समयमा काम गर्नुस् : मन्त्री गुप्ता
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्ष एवम् मन्त्रालयलयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गुप्ताले मन्त्रालय र अन्तर्गतका निकायहरूमार्फत धेरै काम गर्न बाँकी रहेकाले वार्षिक कार्ययोजना बमोजिमका सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगति सन्तोषजनक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताएका छन् ।
मन्त्री गुप्ताले भने, ‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको विषयगत समितिको बैठक यथाशीघ्र राखी प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न आवश्यक छ ।’
‘यी सबै कार्यमा तपाईहरू सबै निकायको सहयोग र समन्वयको अपेक्षा गर्दै वार्षिक कार्ययोजना बमोजिम सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायलाई निर्देशन गर्दछु’, उनले भने ।
प्रधानमन्त्री केपी ओलीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता, मन्त्रालयको तर्फबाट पेश गरिएको १०० र २०० दिनको कार्ययोजना तथा मन्त्रालयको कार्यविभाजन बमोजिम संघीयता कार्यान्वयनमा सहजीकरण गर्ने, सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन गर्ने, सेवा प्रवाह र सुशासन सुनिश्चित गर्ने रस्थानीय पूर्वाधार विकासमा सहजीकरण गर्नु मन्त्रालयको मूल कार्यभार भएको मन्त्री गुप्ताले बताए ।
उल्लेखित कार्यहरूमा मन्त्रालयले थप क्रियाशीलतासहित कार्यसम्पादन गर्नुपर्नेमा मन्त्री गुप्ताले बताएका छन् ।
संसदमा विचाराधीन संघीय निजामती सेवा ऐन, निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी ऐनको शीघ्र स्वीकृतिका लागि पनि मन्त्रालयको समग्र टीमले समन्वय र सहजीकरण गर्नुपर्ने गुप्ताले बताएका छन् ।
संघीयतालाई थप सवलीकरण गर्नेगरी स्थानीय सरकार सञ्चालन ऐनको संशोधन मस्यौदा छिट्टै संघीय संसदमा पेश गर्नुपर्ने मन्त्री गुप्ताले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया