पूर्वराजा शाह लुम्बिनीमा हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लुम्बिनीमा हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने भएका छन् ।

सम्वाद सचिव डा.फणिराज पाठकका अनुसार पूर्वराजा शाह मंसिर ७ गते शुक्रबार लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुनेछन् ।

हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको डा.पाठकले बताए । लुम्बिनीमा रहँदा पूर्वराजा शाहले शुभेच्छुकहरूसँग भेट पनि गर्नेछन् ।

Published : Thursday, 2024 November 21, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया