मेडिकल माफियाको आरोप खेप्दै आएका प्रसाईंलाई हिरासतमा राख्न अनुमति

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बुधबार अदालतले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोको टोलीले प्रसाईंलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेस गरेको थियो ।

विवादास्पद व्यवसायी प्रसाईंलाई सीआईबीको टोलीले मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंविरुद्ध कीर्ते, संगठित अपराध र विद्युतीय अपराधमा अनुसन्धान हुनेछ ।

मेडिकल माफियाको रुपमा परिचित प्रसाईं पछिल्लो समय अभियन्ता बनेर जनतालाई भ्रममा पार्दै आएका छन् । प्रधानमन्त्री केपी ओलीसहित राजनीतिक दल, व्यापारी लगायतविरुद्ध अराजक र उत्तेजक अभिव्यक्ति दिँदै आएका छन् ।

Published : Wednesday, 2024 November 20, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया