कांग्रेसको समर्थनमा एमालेबाट वडाध्यक्ष उम्मेदवार रोकाले धोका दिए, माओवादीलाई फाइदा

रुकुम पूर्व । नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त उम्मेदवार एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

माओवादीबाट वडाध्यक्षमा निर्विरोध भएका घर्ती कांग्रेसको समर्थनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका रोका नातामा काका र भतिजा पर्छन् । काकालाई निर्विरोध गराउन रोकाले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

समयमा नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोकाका साथै स्वतन्त्र उम्मेदवार शुक्रराज विकले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

कांग्रेसको समर्थनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेर नाताले काका पर्ने माओवादीका वडाध्यक्षका उम्मेदवार घर्तीलाई समर्थन गरेर निर्विरोध बनाएको आरोप लागेका रोकालाई एमालेले अनुशासनको कारबाही गर्ने पक्का छ ।

रोकाले आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेर माओवादीलाई समर्थन गरेका छन् ।

Published : Wednesday, 2024 November 20, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया