नेपालले जित्यो मिसेस हेरिटेजको शीर्ष ताज

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि नेपालले जितेको छ ।
थाईल्याण्डको राजधानी बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस् हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन् । मिसतर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन् । दुवै शीर्ष विजेताले पर्सनालिटी बिधाको अवार्ड समेत हात पार्न सफल रहे ।
सौन्दर्य प्रतियोगितामार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवर्द्धन गर्ने हेतुले आयोजना हुँदै आएको प्रतियोगिताको सातौं संस्करण हो ।
प्रतियोगीतामा ‘मिसेस हेरिटेज इन्टरेनसनल’तर्फ फिलिपिन्स फस्ट रनरअप, भारत सेकेन्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप बन्दा मिसेस् तर्फ म्यानमार फस्ट रनर अप, युके सेकेन्ड रनर अप, जापान थर्ड रनर अप र पेरु फोर्थ रनर भयो ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया