ओखलढुङ्गाकी नवीनालाई अपराधको टोलीद्वारा सिनामंगलबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने २४ वर्षीया नवीना दाहाललाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने नवीनालाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नवीनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएको अभियोग लागेको छ ।

पीडितको उजुरीको आधारमा प्रहरीले नवीनालाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ ।

नवीनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2024 November 20, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया