थारु कल्याणकारिणीको सभापतिसहित कार्यसमिति सर्वसम्मत, थारुभित्र विजय गच्छदार फेल

भैरहवा । थारु कल्याणकारिणी सभाको सभापतिमा प्रेमीलाल चौधरी सर्वसम्मत भएका छन् ।

रुपन्देहीमा सम्पन्न थारु कल्याणकारिणी सभाको अधिवेशनबाट प्रेमीलाल चौधरी सर्वसम्मत सभापति बनेका हुन् । प्रेमीलाल चौधरीलाई सभापतिमा सर्वसम्मत बनाउन थारु नेताहरू नरेन्द्र चौधरी, तेजुलाल चौधरी, उमाकान्त चौधरी लगायतको विशेष भूमिका रहेको छ ।

प्रेमीलाल चौधरीलाई सभापतिमा रोकेर नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारले देवीप्रसाद चौधरीलाई सभापति बनाउन प्रयास गरेका थिए । देवीप्रसादलाई सभापति बनाउन नसकेपछि गच्छदार लुसुक्क रुपन्देही छाडेर भैरहवा हुँदै काठमाडौंतिर उडेका थिए । देवीप्रसादलाई सभापति बनाउन कांग्रेसका नेता रामजनम चौधरीले गच्छदारलाई सहयोग गरेका थिए ।

थारु कल्याणकारिणी सभाको अधिवेशनमा विजयकुमार गच्छदार पराजित भएका छन् । गच्छदारले देवीप्रसाद चौधरीलाई सभापति बनाउन प्रस्ताव गरेका थिए । तर, नरेन्द्र चौधरी, तेजुलाल चौधरी, उमाकान्त चौधरी लगायतका नेताहरूले सिधै अस्वीकार गरेपछि प्रेमीलाल चौधरी सर्वसम्मत सभापति बनेका छन् ।

थारु कल्याणकारिणी सभाको महामन्त्रीमा मीनराज चौधरी सर्वसम्मत भएका छन् । सभापतिका लागि मीनराज चौधरीको पनि दावी थियो । कार्यसमिति सर्वसम्मत बनाउने भनेपछि महामन्त्रीमा मीनराजले चित्त बुझाएका छन् ।

यस पटक थारु कल्याणकारिणी सभाको अधिवशेनमा कांग्रेस नेता गच्छदारको लज्जास्पद हार भएको छ । गच्छदारले कार्यसमितिलाई पूर्णता समेत दिन सकेनन् । उनले आफू निकटकालाई पदाधिकारी बनाउन पनि सकेनन् ।

नवनिर्वाचित सभापति प्रेमीलाल चौधरीले तपाई कसरी सर्वसम्मत सभापति बन्नुभयो भन्ने प्रश्नको जवाफमा भने, ‘सबैको सहयोग र समर्थन भएपछि म सर्वसम्मत भए । मेरो कार्यसमिति सर्वसम्मत भएको छ । हामीले मिलेर काम गर्छौं । थारुहरूको धेरै मुद्दा र माग कार्यान्वयन गर्नुपर्नेछ ।’

तपाईलाई कांग्रेस नेता विजय गच्छदारले सभापतिमा असहयोग गर्नुभएको भन्छन् हो ? भन्ने जवाफमा प्रेमीलाल चौधरीले भने, ‘म र मेरो कार्यसमिति सर्वसम्मत भयो । कसले के असहयोग गर्‍यो त्यो गौण कुरा हो ।’

उनले भने, ‘सभापतिमा धेरैको अपेक्षा थियो होला । मलाई साथीहरूको सहयोग भयो । म सभापति बने । मैले सबैलाई समेटेर लैजानुपर्छ ।’

अधिवेशनले अध्यक्ष र महामन्त्री मात्रै सर्वसम्मत चयन गरेको छ । बाँकी पदाधिकारी र सदस्यहरू पछि चयन गरिने नवनिर्वाचित सभापति प्रेमीलाल चौधरीले बताए ।

अधिवेशनको बेला गच्छदारले आफू अनुकूल निर्णय गराउन थारु नेताहरूलाई सहमतिमा निर्णय गराएका थिए । तर, पूर्वतिरका नेताहरूले नै गच्छदारको दवावलाई मानेनन् । गच्छदारको कुरा नसुनेर आफ्नो उम्मेदवारलाई सर्वसम्मत बनाएका छन् ।

थारु कल्याणकारिणी सभाले ६ जना उपाध्यक्ष चयन गर्नेछ । सदस्यहरू जिल्लाबाट चयन भएर आउनेछन् । ती सदस्यहरू लगभग टुङ्गो लागिसकेको सभापति प्रेमीलाल चौधरीले बताएका छन् ।

Published : Wednesday, 2024 November 20, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया