अहिले सात दलको हिस्सा कांग्रेस र एमालेसँग छ : नेता सिटौंला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले शान्ति प्रक्रियाका पक्षहरूबीच विश्वासको गम्भीर संकट रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिन विश्वासको संकट चुनौतीका रुपमा रहेको बताए । उनले भने, ‘त्यसबेला सात दलको तर्फबाट गिरिजाबाबुले र माओवादीका तर्फबाट प्रचण्डजीले हस्ताक्षर गर्नुभएको थियो । त्यसबेला यी दुई शक्तिबीचमा उच्च तहको विश्वास थियो ।’
नेता सिटौलाले भने, ‘अहिले सात दलको हिस्सा कांग्रेस र एमालेसँग छ । टुटफूट भएर छरिए पनि माओवादीको हिस्सा नेकपा (माओवादी केन्द्र)सँग छ ।’
सिटौलाले शान्ति सम्झौताका बाँकी काम पूरा गर्न माओवादीलाई विश्वासमा लिन अनिवार्य भएको बताए ।
Published : Tuesday, 2024 November 19, 10:18 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया