अराजक तत्व सलबलाउन थालेका बेला प्रधानमन्त्री ओलीद्वारा कांग्रेस-एमालेका नेताहरूसँग परामर्श
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चीन भ्रमण लगायत विधि विषयमा छलफल गरेका छन् ।
मंगलबार साँझ बालुवाटारमा ओलीले कांग्रेस र एमालेका नेताहरूसँग परामर्श गरेका हुन् । छलफलमा चीन भ्रमणको तयारीका विषयमा केन्द्रित रहेको बुझिएको छ ।
छलफलमा सभापति देउवाका साथै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, कांग्रेसका महामन्त्री गगनकुमार थापाको उपस्थिति रहेको छ ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका साथै एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको पनि छलफलमा सहभागिता रहेको छ ।
केही तत्वहरूले मुलुकमा विभिन्न खालका अराजकता र भ्रमहरू फैलाइरहेका बेला प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका नेताहरूसँग छलफल गरेका छन् ।
मुलुकमा दण्डहिनता मौलाउन नदिन गृहमन्त्री रमेश लेखकले प्रयासहरू गरिरहेका छन् । अराजकता र भ्रम फैलाउने तत्वहरूमाथि सरकारले कडा कारबाहीको कदम चाल्ने संकेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया