माओवादीको विचलनले कांग्रेस–एमालेको गठबन्धन बन्यो : प्रवक्ता डा.महत
वीरेन्द्रनगर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले माओवादीमा देखिएको राजनीतिक अस्थिरताका कारण अहिलेको गठबन्धन निर्माण भएको बताएका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री समेत रहेका डा.महतले माओवादीलाई प्रधानमन्त्री दिँदा पनि राजनीतिक स्थायित्व नभएको बताए । उनले माओवादीकै कारण कांग्रेस–एमालेको गठबन्धनको सरकार निर्माण भएको बताए ।
‘हामीले चुनावी तालमेल माओवादी केन्द्रसँग गरेका थियौँ । माओवादीसँगै सत्ता सहकार्य गरेका हौँ’, डा.महतले भने, ‘माओवादी केन्द्रमा राजनीतिक विचलन आएर कहिले कांग्रेस त कहिले एमालेतिर लाग्ने समस्याले गर्दा अहिलेको गठबन्धन निर्माणमा सहयोग पुगेको हो ।’
प्रवक्ता डा.महतले भने, ‘कांग्रेसले माओवादीसँग गरेको सत्ता सहकार्य सुखद् भएन । सरकारको नेतृत्व गरेको माओवादीमा राजनीतिक अस्थिरता र विचलन देखियो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया