दाङ कांग्रेसका सभापति डाँगीद्वारा शहरी विकासमन्त्री राणालाई स्वागत

घोराही । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणालाई पार्टी कार्यालयमा स्वागत गरेका छन् ।

मंगलबारस्थित पार्टी कार्यालय घोराहीमा सभापति डाँगीले मन्त्री राणालाई स्वागत गरेका हुन् । सभापति डाँगीले मन्त्री राणासँग दाङको विकासमा सहयोग गर्न आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशमा कांग्रेसका युवा मन्त्रीहरूको काम प्रशंसनीय रहेको भन्दै सभापति डाँगीले शहरी विकास तथा खानेपानीमन्त्री राणासँग दाङका जनताले विकास निर्माणको काममा ठूलो अपेक्षा राखेको बताए ।

मन्त्री राणाले पनि दाङको विकासमा आफू र आफ्नो मन्त्रालयबाट हुन सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । राणाले मन्त्रालयबाट हुने काममा कुनै पनि प्रकारणको ढिलासुस्ती नहुने बताएका छन् ।

Published : Tuesday, 2024 November 19, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया