कांग्रेस नेता अब्दुलको निधन, परराष्ट्रमन्त्री डा.राणाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली कांग्रेसका नेता अब्दुल हमीद सिद्धीकी (भोला)को निधन भएकोमा गहिरो दुःख व्यक्त गरेकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसकी नेतृ समेत रहेकी मन्त्री डा.राणाले अब्दुलको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी हुन् ।
संविधान सभा सदस्य समेत रहेका कांग्रेस नेता अब्दुल मुस्लिम समुदायका अगुवा हाजी पनि हुन् । उनको निधनले आफूलाई स्तब्ध बनाएको मन्त्री डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘नेपालमा प्रजातन्त्र एवं मुस्लिम समुदायका हकअधिकारका क्षेत्रमा उहाँले पु¥याउनुभएको उल्लेखनीय योगदानको म स्मरण गर्न चाहन्छु ।’
‘उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दुःखको यस घडीमा उहाँका शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, मन्त्री डा.राणाले भनेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया