प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्नुस् : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै लेखकले प्रहरी समायोजन ऐन छिटो आउने बताए । उनले समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको लेखकले बताएका छन् ।

गृहमन्त्री लेखकले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरेका छन् ।

सुरक्षा गोष्ठिमा सुदूरपश्चिमका ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान लगायतको उपस्थिति रहेको छ ।

Published : Tuesday, 2024 November 19, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया