सडकहरूको अवस्थाबारे राप्ती यातायातका अध्यक्ष हमालले गराए जनप्रतिनिधिलाई सचेत

तुलसीपुर । यातायात व्यवसायी सुरेश हमालले बुटवल–नारायणगढ पूर्वपश्चिम महेन्द्रराजमार्गसहितका विभिन्न सडकहरूको अवस्थाका बारेमा जनप्रतिनिधिहरूसँग प्रश्न राखेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत राप्ती त्रिसिद्धेश्वरी यातायात प्रा.लि.का अध्यक्ष समेत रहेका व्यवसायी हमालले समयमा नबनेका, भत्किएका र बिग्रिएका सडकहरूका कारण यातायात व्यवसायी र यात्रुले कहिलेसम्म दुःख पाउनुपर्ने हो भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘सरकार हामीले कैलेसम्म हो दुःख पाऊने ? बुटवल–नारायनगढ सडक । तुल्सीपुर–घोराही सडक । दाङ–सल्यान सडक ।’

‘तुल्सीपुर–एयरपोर्ट–तुल्सीपुर–बाघमारे सडक । तुल्सीपुर–अरनिको मैदान यी योजनाहरूले जनप्रतिनिधिहरूलाई साह्रै सम्झेका छन’, अध्यक्ष हमालले भनेका छन् ।

बुटवल–नारायणगढ पूर्वपश्चिम महेन्द्र राजमार्गका कारण यात्रु र यातायात व्यवसायीले लामो समयदेखि सास्ती व्यहोर्नु परेको छ । कुइरेपानी–घोराही–तुल्सीपुर सडकखण्डमा पनि यात्रु र व्यवसायीले ठूलो क्षति व्यहोर्नु परेको छ ।

जनप्रतिनिधिहरूले सिन्को पनि भाँच्न सकिरहेका छैनन् । यस्तो अवस्थामा यातायात व्यवसायी समेत रहेका अध्यक्ष हमालले जनप्रतिनिधिहरूलाई आफ्नो दायित्व स्मरण गराएका छन् ।

Published : Monday, 2024 November 18, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया