बुढानिलकण्ठमा प्रहरी छापा, ठूलो रकमसहित मानिसहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट २१ जनालाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा छापामारेर जुवाडेहरूलाई नगदसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

तारकेश्वर नगरपालिका, पैयुटार बस्ने नुवाकोटको तादी गाउँपालिका–४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी टोलीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपियाँ र ओखर १३ थानसहित पक्राउ गरेको जनाएको छ ।

Published : Monday, 2024 November 18, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया