‘लाहुरे’को चर्तिकला, युवतीहरूको करीव २८ लाख भ्याइदिए

काठमाडौं । नक्कली फेसबुक आईडि प्रयोग गरी २७ लाखभन्दा धेरै रकम ठगी गरेको अभियोगमा रूद्रबहादुर गुरूङलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने गुरुङलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आईडिहरूको दुरुपयोग गर्दै केटी साथीहरू बनाई बनाएर रकम ठगी गरेको अभियोग लागेको छ ।

गुरुङले आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्छ त्यस बापत पैसा लाग्छ भनेर रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

गुरुङले काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रूपियाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको छ ।

Published : Monday, 2024 November 18, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया