अपराधको टोलीद्वारा सिन्धुपाल्चोकका मनिलकुमारलाई पक्राउ

काठमाडौं । रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने ३९ वर्षीय मनिलकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने लामालाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको जनाएको छ ।

लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Monday, 2024 November 18, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया