कांग्रेसबाट सभामुख बने पनि निष्पक्ष काम गर्नुभयो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले संसदमा निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गरेको बताएका छन् ।

सोमबार काठमाडौंको सानो गौचरणमा स्व.ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएपछि देउवाले नेपाली कांग्रेसबाट सभामुख बनेको भएको र निष्पक्ष रूपमा काम गरेको बताए । ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराएको उनले बताए ।

उनले पार्टीलाई अप्ठ्यारो बनाएको महसुस त्यो बेलाम गरे पनि अहिले आएर होइन भन्ने कुरा भान भएको बताएका छन् ।

‘दमननाथजी वास्तवमै राम्रो मान्छे हो । उहाँको डेथ भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हाम्रो पार्टीबाट सभामुखमा छिर्नुभएको हो । उनले निष्पक्ष रूपमा काम गरे ।’

सभापति देउवाले भने, ‘पार्टीलाई त वास्तवमा अफ्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो । तर, थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो ।’

‘प्रतिपक्षको सदन र सरकार बहुमतको भन्ने कुरा उनले स्थापित गराए । उन नेपालमा सरकार बहुमतको, विपक्षीको संसद भन्ने कुरा स्थापित गराउन सफल हुनुभयो’, देउवाले भने ।

‘हाम्रो पार्टीलाई अप्ठ्यारो पार्नुभयो भन्ने महसुस गरेका थियौँ । वास्तवमा त्यो होइन रहेछ’, सभापति देउवाले भने ।

Published : Monday, 2024 November 18, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया