पूर्वसभामुख ढुंगानाको निधनबाट अत्यन्तै दुःखी भएका छाैं : जसपा नेपालका उपाध्यक्ष यादव

काठमाडौं । जनता समाजपादी पार्टी, नेपालका उपाध्यक्ष राजकिशोर यादवले पूर्वसभापति दमननाथ ढुंगानाको निधनप्रति अत्यन्तै दुःखी भएको जनाएका छन् ।

सोमबार शोक वक्तव्य जारी गरेर उपाध्यक्ष यादवले स्व.ढुंगानाको दिवंत आत्माको चीर शान्तिको कामना गर्दै शोकको यस दुःखद् घडीमा शोकसन्तप्त परिवारप्रति धैर्य धारणको कामना गरेका छन् ।

उनले भने, ‘२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख ८३ वर्षीय दमननाथ ढुंगानाको असामयिक निधनले जनता समाजवादी पार्टी, नेपाललाई अत्यन्तै दुःखी बनाएको छ ।’

‘नेपालमा संसदीय अभ्यासको प्रवर्द्धन, मानवअधिकारको रक्षा र शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पु¥याउनु भएका स्व.ढुंगानाले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ’, उपाध्यक्ष यादवले भनेका छन् ।

सोमबार ढुंगानाको पशुपति आर्यघाटमा अन्त्यष्टि भएको छ । उनको आइतबार काठमाडौंमा निधन भएको थियो ।

Published : Monday, 2024 November 18, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया