गृह मन्त्रालयद्वारा एसएसपीहरूको डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले प्राविधिकतर्फ ३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब प्रहरी महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।

मंसिर २ गते समितिले प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फ रिक्त रहेका डीआईजीमा बढुवाको सिफारिस गरेको सूचनामा उल्लेख छ ।

डीआईजीमा बढुवा हुनेहरूमा डा.दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा.संजिता दाहाल घिमिरे रहेका छन् । उनीहरू तीनै जना नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत रहेका छन् ।

Published : Monday, 2024 November 18, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया