पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ : सभापति देउवा
फूलवारी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताएका छन् ।
आइतबार कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरेपछि देउवाले भौतिक संरचनासँगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सुदूरपश्चिमलाई शिक्षामा अगाडि बढाउनुपर्ने यसका लागि आफू तयार रहेको बताएका छन् ।
नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायर, सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी लगायतले पनि देउवा सुदूरपश्चिमको अभिभावक भएकाले सुदूरपश्चिमका समस्या देउवाकै पहलमा मात्र समाधान हुने बताए ।
सभापति देउवाले आइतबार नै धनगढी उपमहानगरपालिका–१६ मा रहेको वेहेडावावा धार्मिक क्षेत्रमा पुगेर पूजा गरेका छन् ।
गौरीगङ्गा नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी भएका देउवाले वेहेडाबाबा मन्दिरको दर्शन गर्ने इच्छा व्यक्त गरेका थिए ।
सभापति देउवाले गेटा अस्पतालको समेत निरीक्षण गरेका छन् । निरीक्षण पश्चात् संक्षिप्त प्रतिक्रिया दिदै देउवाले गेटा अस्पतालको उन्नतिको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
देउवाले गेटा अस्पतालको विकाससँगै स्थानीय जनतालाई स्वास्थ्य सेवामा सहज हुने भएको आफ्नो पूर्ण सहयोग रहने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया