रामगोपालपुर– २ को वडाध्यक्षमा कांग्रेसका खानद्वारा मनोनयन दर्ता, केन्द्रीय नेताहरू उपस्थित
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. २ मा वडाध्यक्ष पदमा जनिफ खानले मनोनयन दर्ता गराएका छन् ।
आइतबार कांग्रेसका नेता कार्यकर्तासहित निर्वाचन कार्यालयमा पुगेका खानले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गाना, महेन्द्रकुमार राय, किरण यादव, महोत्तरी कांग्रेसका सभापति नागेश्वर यादव, जिल्ला सचिव दीपक मिश्रा, बजरंग नेपाली, सुशील यादव, रामदियाल यादव लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2024 November 17, 5:28 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया