कांग्रेसका डंगोलद्वारा कीर्तिपुरको मेयर मनोनयन दर्ता, दुई वडाध्यक्षमा पनि उम्मेदवारी
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/11/kirtipur-congress.jpg?resize=810%2C451)
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा कृष्णमान डंगोलले उमेदवारी दर्ता गराएका छन् ।
आइतबार डंगोलले नेता, कार्यकर्ताहरूसँग दलबलसहित पुगेर मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू राजन केसी, जीतजंग बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
त्यसैगरी, कीर्तिपुर नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा कांग्रेसका इच्छा महर्जनले उमेदवारी दर्ता गराएका छन् । ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हीरालाल महर्जनको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
कीर्तिपुर नगरपालिकाको वडा नं. ४ को वडाध्यक्ष पदमा कांग्रेसको तर्फबाट राजेन्द्र बानियाँले उमेदवारी दिएका छन् । बानियाँ ०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षको उमेदवार बनेर पराजित भएका थिए ।
०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर वडाध्यक्षमा निर्वाचित श्यामकुमार अधिकारीको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया