रुसले ३४ नेपाली विद्यार्थीलाई देश निकाला गर्ने

काठमाडौैं । रुसले अबैध रुपमा बसेका ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला गर्न लागेको छ ।

श्रम कार्यालयबाट श्रम इजाजत बिना काम गरेको अभियोगमा रुसले नेपाली विद्यार्थीलाई देश निकाला गर्न लागेको हो । नेपाली विद्यार्थीलाई कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरूले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेका थिए ।

नेपाली विद्यार्थी अबैध रुपमा कल सेन्टरमा काम गर्दै आएका थिए । रुसबाट देश निकाला हुने तयारीमा रहेकामा १२ जना महिला छन् ।

Published : Sunday, 2024 November 17, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया