कांग्रेस नेता एवम् पूर्वसभामुख ढुङ्गानाको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।
आइतबार काठमाडौंको फ्रन्टलाइन अस्पतालमा ढुङ्गानाको निधन भएको परिवारजनले बताएका छन् ।
ढुङ्गाना २०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए । ढुङ्गानालाई घरबाट अस्पताल ल्याइपु¥याउँदा निधन भइसकेको चिकित्सकहरूले बताएका छन् ।
ढुङ्गानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुङ्गाना पनि थिए ।
नेपाली कांग्रेसबाट धेरै अवसरहरू पाएका ढुङ्गाना पछिल्लो समय कम्युनिस्टहरूसँग निकट बनेको आरोप लागेको थियो । ढुङ्गाना वरिष्ठ अधिवक्ता समेत हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया