पाल्पामा सुकमाया मृत फेला, झापामा गंगालालको हत्या
काठमाडौं । पाल्पाको रामपुर नगरपालिका– ३ बगाहा–सीताकुण्ड सडकखण्डमा ६५ वर्षीया सुकमाया गिरी सारु मृत फेला परेकी छिन् ।
सुकमाया स्थानीय डिलबहादुर सारुकी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी सुकमायालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
सुकमाया मृत भेटिएको घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले जनाएको छ ।
उता, झापाको बाह्रदशी गाउँपालिका–५ फूलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई हत्याको अभियोमा पक्राउ गरेको छ ।
मानकुमारले शनिबार राति करिब साढे ९ बजे सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीलाई रडले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पुरानो रिसइबीका कारण मानकुमारले गंगालाललाई आक्रमण गरेको प्रहरीले जनाएको छ । गंगालाललाई अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया