नेपाल प्रहरी श्रीमती संघद्वारा घोराहीमा शैक्षिक सामग्री हस्तान्तरण

घोराही । नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १६ पर्सास्थित शान्ति बाल गृहमा शनिबार संघकी अध्यक्ष लक्ष्मी कुँवरले शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेकी हुन् ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कठायत, नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशकी अध्यक्ष निलम कठायत, लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठ, श्रीमती सुमन श्रेष्ठ, शान्ति बाल गृहका संचालन भोलानाथ योगी, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, दाङको पाण्डेश्वरी मन्दिर धारापानीमा प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । संघकी अध्यक्ष कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

पूर्व प्रहरी कर्मचारी, शहीद तथा अशक्त प्रहरीका परिवारजन र प्रहरी कर्मचारीवीच पारस्पारिक सहयोग, भाइचारा, सदभाव र आत्मियता कायम राख्ने उद्देश्य अनुरुप नेपाल प्रहरी श्रीमती संघको सहकार्य, जिल्ला प्रहरी कार्यालय दाङको समन्वय र नेपाल पूर्व प्रहरी कर्मचारी दाङको आयोजनामा आयोजित प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको अध्यक्षता नेपाल पूर्व प्रहरी संगठन दाङका अध्यक्ष पूर्व प्र.ना.उ.रोवरबहादुर बस्नेतले गरेका थिए ।

कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख (डीआईजी) कडायत, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 November 17, 9:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया