कांग्रेसबाट सुनिता थापा समानुपातिक सांसद बन्ने

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेश सभा सदस्य (सांसद)मा सुनिता थापा मनोनयन हुने छिन् ।

प्रदेश सभा सदस्य विमला गौचनको निधन भएपछि उनको ठाउँमा सुनिता थापालाई मनोनयनका लागि कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गर्नेछ । सुनिता थापा स्याङ्जा निवासी हुन् ।

विमला गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

गण्डकी प्रदेश सभा सदस्य गौचनको कात्तिक २८ गते निधन भएको थियो । उनको अन्त्यष्टि भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा जन्मिएकी सुनिता थापा कांग्रेसका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन् ।

कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिता थापाले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर श्रवणशक्ति गुमाएकी थिइन् । २०२९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

Published : Saturday, 2024 November 16, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया