बामगतीका मुख्यमन्त्री लामाद्वारा बेथानचोकको अवलोकन, सहयोग गर्ने प्रतिवद्धता
काठमाडौं । बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले काभ्रेको बेथानचोक गाउँपालिकामा बाढी पहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेका छन् ।
शनिबार मुख्यमन्त्री लामाले बाढी र पहिलो क्षतिपुर्याएको स्थानको स्थलगत भ्रमण गरेर सहयोग गर्ने आश्वासन दिएका छन् । उनले बाढीले क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।
मुख्यमन्त्री लामाले बागमती प्रदेशका बाढी प्रभावित विभिन्न स्थानीय तहलाई लक्षित गरेर योजना बनाउने पनि बताएका छन् ।
उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहले प्रतिशतको आधारमा क्रमशः ६०, ३० र १० प्रतिशत भार पर्ने गरी कार्यविधि बनाउन छलफल भइरहेको छ ।’
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले विपदमा परेका नागरिकलाई राहत वितरण गरिरहेको बताए ।
काभ्रेमा विपदले पारेको क्षतिको विवरण संकलन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन र निर्णय गर्न बाँकी रहेको लामाले बताए ।
उनले प्रदेशले कार्यविधि अनुसार बाढी पहिरोबाट मृत्यु भएकाहरूलाई प्रतिव्यक्ति एकलाख रुपियाँ वितरण गर्ने काम भइरहेको बताए । उनले थप १ लाख वितरण गर्न लागेको पनि बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया