टाेलसम्मकाे गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित छ : महामन्त्री थापा
चौतारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् ।
शनिबार चौतारामा सिन्धुपाल्चोक कांग्रेसले आयोजना गरेको कार्यक्रममा थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह गरे ।
उनले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन् । गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको महामन्त्री थापाले बताए ।
महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्ने बताएका छन् । उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताए ।
Published : Saturday, 2024 November 16, 7:44 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया