कांग्रेस नेता निधिले चीनसँग सम्बन्ध सुधारे, चिनियाँ दूतावासभित्र रात्रिभोज
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री विमलेन्द्र निधिले चीनसँग व्यक्तिगत सम्बन्ध सुधार गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले निधिको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । काठमाडौंस्थित दूतावासमा राजदूत सोङले निधिको सम्मानमा रात्रिभोजको आयोजना गरेका हुन् ।
कांग्रेस नेता निधि र राजदूत सोङबीच नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको बुझिएको छ ।
रात्रिभोजमा नेता निधिका साथै उनकी श्रीमती अनामिका निधि र छोरा अनुकुल निधि सहभागी थिए ।
कांग्रेस नेता निधिको सम्मानमा राजदूत सोङले शुक्रबार अनौपचारिक रात्रिभोजको आयोजना गरेको निधिको सचिवालयले जनाएको छ ।
Published : Saturday, 2024 November 16, 7:21 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया